Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

सरकारसँग युवराज दुलालको प्रश्न- खानेपानी मन्त्रालयमा गठन आदेश कहिलेसम्म रोकिएर बस्ने हो ?

नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले मेलम्ची खानेपानी प्रभावित क्षेत्रका लागि विनियोजित बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मेलम्ची खानेपानी प्रभावित क्षेत्रको सामूदायिक उत्थान कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन भएपनि गठन आदेश नबन्दा कार्यान्वयन हुन नसकेको बताए ।

उनले खानेपानी मन्त्रालयलाई गठन आदेश कहिलेसम्म रोकेर राख्ने हो ? भन्दै प्रश्न गरे ।उनले भने,‘मेलम्ची खानेपानी प्रभावित क्षेत्रको सामूदायिक उत्थान कार्यक्रम सञ्चाल गर्न बजेट विनियोजन भएको छ । गठन आदेश नभएको कारण कार्यान्वयन हुन सकेको छैन् । खानेपानी मन्त्रालयमा गठन आदेश कहिलेसम्म रोकिएर बस्ने हो ?’

साथै बन्देउ–सडकखण्ड झण्डै एक दशकदेखि जीर्ण अवस्थामा रहेको उल्लेख गर्दै उक्त सडकको ठेक्का चालु आर्थिक वर्षभित्र सम्पन्न गर्न सरकारसँग माग गरे।

‘बन्देउ सडकखण्ड झण्डै एक दशकदेखि जिर्ण छ । त्यो ठेक्का यसै आर्थिकवर्षभित्र सम्पन्न गर्नुपर्ने त्यसमा तदरुकता देखाइयोस्,’ उनले भने ।