राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो।
यस वर्षको नतिजाअनुसार ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डका अनुसार नतिजा केहीबेरपछि वेबसाइट तथा अन्य माध्यममार्फत हेर्न सकिनेछ। यस वर्ष एसईई परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन गरिएको थियो। परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण यसपटक नतिजा छिट्टै सार्वजनिक गरिएको बोर्डले जनाएको छ।
एसईई परीक्षामा यस वर्ष कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी भएका थिए। जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना तथा ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा फारम भरेका थिए। सहभागीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेका छन्।
कसरी हेर्ने नतिजा ?
एसएमएस तथा आईभीआरमार्फत :
नेपाल टेलिकम : १६००
जानकी टेक्नोलोजी : ३५००१
एम्बिसन गुरु : ३१०६९
वेबसाइटमार्फत :
www.see.gov.np
www.neb.gov.np
www.see.ntc.net.np
www.ekantipur.com
www.see.edusanjal.com
https://khalti.com/app
https://www.facebook.com/share/v/18T9D3TnP6/