Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

सार्वजनिक हुँदै एसईई नतिजा, यसरी हेर्न सकिने

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा आज साँझ सार्वजनिक गर्ने भएको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार साँझ ८ बजे पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गरिनेछ भने विद्यार्थीहरुले राति ९ बजेपछि नतिजा हेर्न सक्नेछन्।

परीक्षा बोर्डले बैठकमार्फत नतिजा सार्वजनिक गर्ने निर्णय गरिसकेको जनाएको छ। यस वर्षको एसईई परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो। परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले यसपटक नतिजा अपेक्षाकृत छिटो सार्वजनिक गर्न लागिएको बोर्डले जनाएको छ।

यस वर्ष एसईई परीक्षामा कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी भएका थिए। जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना तथा ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा फारम भरेका थिए। सहभागीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेका छन्।

बोर्डका अनुसार विद्यार्थीहरुले एसएमएस (SMS), आईभीआर (IVR) तथा विभिन्न वेबसाइटमार्फत नतिजा हेर्न सक्ने व्यवस्था गरिएको छ।

एसएमएस तथा आईभीआरबाट नतिजा हेर्ने तरिका


नेपाल टेलिकम : १६०० (SMS/USSD तथा IVR सेवा)


जानकी टेक्नोलोजी : ३५००१ (SMS सेवा)


एम्बिसन गुरु : ३१०६९ (SMS सेवा)


वेबसाइटमार्फत नतिजा हेर्ने


www.see.gov.np


www.neb.gov.np


www.see.ntc.net.np


www.ekantipur.com


www.see.edusanjal.com


https://khalti.com/app