Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

हरिपूर्वामा किशोरी क्षमता विकास सत्र सम्पन्न, प्रमाणपत्र वितरण

कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था (KOICA) तथा UNFPA को आर्थिक सहयोगमा, ग्रामीण विकास केन्द्र नेपाल (RDC Nepal/GNI Nepal) को आयोजना एवं हरिपूर्वा नगरपालिकाको समन्वयमा सञ्चालित “किशोरी तथा युवतीहरुको लागि सुरक्षित एवं सहयोगी वातावरण (SAFE GIRLS)” परियोजना अन्तर्गत ३० दिने रुपान्तरण सत्रमा सहभागी किशोरीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ।

b04d20ae-6e13-4b8e-a83b-b3d81a570c5d (1).jpg

सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिका वडा नं. ६ मा आयोजित कार्यक्रममा सत्रमा सहभागी किशोरीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो। ३० दिने उक्त रुपान्तरण सत्रको मुख्य उद्देश्य किशोरीहरुलाई जीवनप्रति सकारात्मक दृष्टिकोण विकास गराउनुका साथै उनीहरुको लक्ष्यप्रति सचेत बनाउँदै समाजमा विद्यमान समस्या, विभेद तथा कुरीतिहरुबारे जानकारी दिई क्षमता अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।

कार्यक्रम अन्तर्गत किशोरीहरुलाई जीवन उपयोगी सीप विकाससँग सम्बन्धित विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। जसमा प्याड निर्माण, लैंगिक हिंसा विरुद्ध सचेतना, प्रजनन स्वास्थ्य, पोषण सम्बन्धी जनचेतना, किशोरावस्थासम्बन्धी विस्तृत जानकारी, उद्यमशीलता विकास, खर्च तथा बचत व्यवस्थापन लगायतका विषय समावेश रहेका थिए। उक्त गतिविधिहरु RDC Nepal द्वारा सञ्चालन गरिएको हो।

522a9afc-d97c-4057-bca4-d38fa820b78a (1).jpg

कार्यक्रममा हरिपूर्वा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष रामसोगारथ राय तथा हरिपूर्वा नगरपालिकाका शिक्षा अधिकृत जनक काफ्लेको उपस्थिति रहेको थियो। SAFE GIRLS परियोजनामार्फत किशोरीहरुको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि तथा सुरक्षित र आत्मनिर्भर जीवन निर्माणमा महत्वपूर्ण योगदान पुगेको सहभागीहरुले बताएका छन्।