Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

उच्च लगानीकर्तालाई नेपाल लगानी भिसा दिने घोषणा

सरकारले तोकेको भन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराइने भएको छ । 

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तोकेको भन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराइने उल्लेख गरेका हुन् । 

त्यस्तै विदेशी लगानीसम्बन्धी कानुन संशोधन गरी स्वचालित मार्ग विस्तार गरिने छ भने नगदरहित पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्रको औपचारिकीकरण गरिने घोषणा गरेका छन् ।

त्यस्तै करका संचनाको पुनर्संचना गरेर गरिबीको बोझ घटाउने र विभिन्न मुलुकसँग दोहोरो करसम्बन्धी सम्झौता गरिने नीति तथा उल्लेख गरेका छन् ।