Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको सीईओमा प्रमेश आचार्य नियुक्त

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रमेश आचार्य नियुक्त भएका छन् । 

आईतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

आगामी जेठ १ गतेदेखि लागू हुने गरी आचार्यलाई सीईओमा नियुक्त गरिएको जानकारी कम्पनीले नेप्सेमार्फत गराएको हो । 

आचार्यले यसअघि कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पूरा गर्दै आएका थिए । कम्पनीका अनुसार उनको कार्यकाल आगामी चार वर्षसम्म रहनेछ ।