Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

कांग्रेस सदस्यता हरेक वर्ष नवीकरण अनिवार्य : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी विधानअनुसार हरेक वर्ष कांग्रेस क्रियाशील सदस्यता नवीकरण गर्नुपर्ने व्यवस्था रहेको बताएका छन् ।

सभापति थापाले धनगढीमा शनिबार आयोजित कार्यक्रममा बोल्दै पार्टी विधानअनुसार हरेक वर्ष कांग्रेस क्रियाशील सदस्यता नवीकरण गर्नुपर्ने व्यवस्था रहेको र त्यसलाई डिजिटल बनाउन यसपालि अद्यावधिक गर्न लागिएको बताएका हुन्।

‘पार्टी सभापति वा वडा सभापति भनेको जिम्मेवारी हो। विधानले नै वडा सभापतिलाई ५ वर्ष काम गर्ने भन्छ, त्यसलाई सजिलो बनाइएको छ। अपडेट गरौं भनिएको छ। वडा सभापतिले प्रविधि जानेको जनशक्ति चाहिन्छ भने व्यवस्था गरिन्छ तर म क्रियाशील अपडेटको काम गर्दिनँ भन्नुहुन्छ भने धन्यवाद, तपाईंको ठाउँमा अर्को साथीले जिम्मा लिनुहुन्छ, क्रियाशील अपडेट गर्नुहुन्छ,’उनले भने ।

हरेक वर्ष दुई सय रूपैयाँ तिरेर क्रियाशील अद्यावधिक गर्नुपर्ने विधानको व्यवस्था रहेको उनले बताए।

मोबाइल नम्बर र पार्टीमा निरन्तर क्रियाशील रहन चाहेको विवरण दिए क्रियाशील अद्यावधिक हुने उनको भनाइ छ।