Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

चोरिएका ६५ वटा सवारी भेटेर फर्कायो ट्राफिक प्रहरीले (तस्बिरहरू)

काठमाडौं उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ६५ ओटा मोटरसाइकल सम्बन्धित धनीले फिर्ता पाएका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार एक कार्यक्रममा खोजतलासपछि फेला परेका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

photo-10_4115e779.jpg

उनका अनुसार ट्राफिक प्रहरीले विशेष खोज अभियान सञ्चालन गरी विभिन्न स्थानबाट सवारी साधन फेला पारेको हो । उनले सवारी साधनमा अतिरिक्त लकिङ सिस्टम प्रयोग गर्नसके चोरीका घटनामा कमी आउन सक्ने बताए ।

photo-17_06342068.jpg

उनले भने,‘बैशाख महिनामा ६५ वटा हराएका मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता गरेका छौं । कतिपय सवारी साधन खोजेर ल्यायौं । सवारी साधनमा थप सुरक्षा प्रणाली अपनाए चोरी न्यूनीकरण गर्न सकिन्छ ।’

photo-10_4115e779.jpg

ट्राफिक प्रहरीले सवारी साधन हराएमा तत्काल प्रहरीमा जानकारी दिन तथा सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

photo-16_b687068a.jpg
photo-13_e993d618.jpg
photo-1_9c7e423f.jpg
photo-4_db4c5dda.jpg