पूर्वप्रधानमन्त्री सुशीला कार्की ले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेकी छिन् ।
उनले शुक्रबार दिउँसो सरकारी गाडी सम्बन्धित निकायलाई फिर्ता बुझाएकी हुन् । गाडीमा बारम्बार प्राविधिक समस्या देखिनुका साथै अत्यधिक इन्धन खपत हुने अवस्था भएपछि गाडी फिर्ता गरिएको स्रोतले जनाएको छ ।
कार्की प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहेका राम रावल का अनुसार, हाल कार्कीसँग कुनै पनि सरकारी गाडी छैन ।