Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

२७१८.१६ विन्दुमा पुगेर रोकियो शेयर बजार, कतिको भयो कारोबार ?

नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से ६.९४ अंकले बढेर २७१८.१६ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३४ कम्पनिका ६६ लाख ८४ हजार ७ कित्ता शेयर २ अर्ब ९३ करोड १९ लाख ६८   हजार ८७७ मा कारोबार भएको थियो । आज फाइनान्स, लगानी, उत्पादन, म्युचुअल फण्ड र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी स्वाभलम्बन लघुवित्तको शेयरमा १२.१९ प्रतिशतले बढेको छ भने आज सबै भन्दा बढी फरवार्ड माइक्रो फाइनान्सको शेयर १३.२४ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्राको १७ करोड ६८ लाखको कारोबार भएको छ भने नेशनल हाइड्रोको १४ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।