Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

इञ्जिनियरिङ स्नातकोत्तरलाई पनि बीमा प्राधिकरण सञ्चालक बन्न बाटो खुल्यो

नेपाल बिमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष वा सदस्य बन्न अब इञ्जिनियरिङ विषयमा स्नातकोत्तर उत्तीर्ण व्यक्तिहरू पनि योग्य हुने भएका छन् । सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ मार्फत बिमा ऐन २०७९ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

यसअघि बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा स्नातकोत्तर उपाधि र सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव अनिवार्य थियो । संशोधनपछि उक्त सूचीमा इञ्जिनियरिङ विषय पनि थपिएको छ ।

साथै, अध्यक्ष वा सदस्य बन्न उच्च नैतिक चरित्र भएको र कानुनअनुसार अयोग्य घोषित नभएको हुनुपर्ने व्यवस्था यथावत राखिएको छ । उक्त अध्यादेश गत आइतवार प्रमाणीकरण भइसकेको छ ।