नेपाली बजारमा आइतबार (वैशाख २०) सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेर प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य भने तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार १० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।