Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

रूपान्तरण जीवन उपयोगी सीपसम्बन्धी ६ दिने तालिम सम्पन्न (फोटोफिचर)

हरिपूर्वा नगरपालिका तथा पर्सा गाउँपालिकाको समन्वय, वल्र्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा बागमती सेवा समाज नेपालद्वारा सञ्चालित “बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजना” अन्तर्गत आयोजना गरिएको “रूपान्तरण जीवन उपयोगी सीप प्रशिक्षक प्रशिक्षण” सम्बन्धी ६ दिने तालिम आज वैशाख ११ गते विधिवत रूपमा सम्पन्न भएको छ ।

089e110c-b123-4b3f-8ad2-875e9d4acd4c.jpg

तालिमको मुख्य उद्देश्य पर्सा गाउँपालिका र हरिपूर्वा नगरपालिकामा रहेका साथी सहजकर्ताहरुको क्षमता अभिवृद्धि गराउने रहेको थियो । तालिममा सहभागीहरुले प्रजनन स्वास्थ्य, यौन हिंसा, बालविवाह, बालश्रम लगायतका संवेदनशील विषयमा क्षमता विकास गर्नुका साथै उनीहरूलाई समुदायमा जनचेतना फैलाउने सक्षम अभियन्ताको रूपमा विकास गर्नु रहेको आयोजकले जनाएको छ ।
समापन कार्यक्रममा हरिपूर्वा नगरपालिकाका नगरप्रमुख बिनोद कुमार साह, प्रमुख प्रशासकीय अधिकृत संजीव साह तथा पर्सा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थिङ्ग लगायतको उपस्थिति रहेको थियो ।

4f6e48bf-311b-4d41-9053-daf00917e8bd.jpg

यसै क्रममा हरिपूर्वा नगरप्रमुख बिनोद कुमार साहले “रूपान्तरण तालिमले बालबालिकालाई आत्मविश्वासी, जिम्मेवार र सचेत नागरिक बन्न मद्दत पु¥याउनेछ” भन्दै यस्ता कार्यक्रमहरू दीगो रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिए । कार्यक्रमका विशिष्ट अतिथि वल्र्ड भिजन इन्टरनेसनल नेपालका संरक्षण संयोजक बालकृष्ण खड्काले गाउँ समुदायमा रुपान्तरण सेसन मार्फत समाज रुपान्तरणको महान अभियानमा सहभागीहरुले योगदान गर्ने कुरा बताए ।

5609a23a-18d3-4cb2-811b-b1d26e729a7b.jpg

कार्यक्रममा बोल्दै हरिपूर्वा नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत संवीव साहले यस्ता तालिमहरूले बालबालिकामा नेतृत्व क्षमता विकास हुनुका साथै सामाजिक कुरीतिविरुद्ध आवाज उठाउन प्रेरित गर्ने उल्लेख गरे । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई पालिकाबाट आवश्यक सहयोग र समन्वय रहने प्रतिबद्धता व्यक्त गरे । तालिमका सहभागी कुन्ती पण्डितले आफ्नो अनुभव सुनाउँदै भनिन्, “यस तालिमले हामीलाई आफ्ना अधिकारबारे बुझ्ने मात्र होइन, गलत अभ्यासहरू विरुद्ध आवाज उठाउने साहस पनि दिएको छ ।अब हामी आफ्नो समुदायमा गएर सिकेका कुराहरू अरूलाई पनि सिकाउनेछौं ।”

2a6fff70-e78d-4899-b810-d9dd8a027d9a.jpg

त्यस्तै संस्थाका कार्यक्रम संयोजक कुमार भण्डारीले रूपान्तरण कार्यक्रमले व्यवहार परिवर्तनमा केन्द्रित भई बालबालिकाको जीवनशैली, सोच र निर्णय क्षमतामा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेको बताए । उनका अनुसार यस प्रकारको जीवन उपयोगी सीपले बालबालिकालाई जोखिमबाट जोगाउने मात्र होइन, दीर्घकालीन रूपमा समाज रूपान्तरणमा समेत योगदान पुु्‍याउँछ ।
आयोजक संस्था बागमती सेवा समाज नेपालका कार्यक्रम विभाग प्रमुख भरत कुमार कार्कीको अध्यक्षतामा सम्पन्न उक्त समापन कार्यक्रमको संचालन संस्थाका संरक्षण अधिकृत संगीता नेपालीले गरेका थिए ।

f3eb14e7-e6c4-437b-a19f-cbd474389487.jpg

कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै भविष्यमा समुदायस्तरमा सचेतना अभियान सञ्चालन गर्ने योजना समेत सार्वजनिक गरिएको आयोजकले जानकारी दिएको छ । उक्त तालिममा  हरिपूर्वा नगरपालिकाका २४ जना र पर्सा गाउँपालिकाका १६ जना किशोरकिशोरीहरुको सहभागीता रहेको थियो भने तालिमको मुख्य सहजकर्ता पिंकी शर्मा रहेकी थिइन् । 

cd38fdb2-28bc-49df-bc97-6462712baeae.jpg