Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

आज पनि घट्यो सनको मूल्य, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको २२ सयले घटेर तोलाको २ लाख ९६ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ९८ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७५ रुपैयाँले घटेर ४९४५ मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५०२० मा कारोबार भएको थियो ।