Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

अन्नपूर्ण पदमार्गमा बढ्न थाल्यो विदेशी पर्यटक, होटल व्यावसायी उत्साहित

मनाङ — विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकहरूको आगमन बढ्दै गएको छ। पर्यटन व्यवसायीका अनुसार मौसम अनुकूल भएसँगै पदयात्रा गर्नेहरूको संख्या वृद्धि भएको हो।

मनाङ जिल्लाको चामे गाउँपालिका–२ स्थित थानचोक हुँदै मनाङतर्फ जाँदै गरेका विदेशी पर्यटकहरू पछिल्लो समय उल्लेख्य रूपमा देखिन थालेका छन्।

manag.png

प्राकृतिक सौन्दर्य, हिमालको मनोरम दृश्य तथा सांस्कृतिक विविधताका कारण अन्नपूर्ण पदमार्ग विदेशी पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ।

यो पदमार्ग लमजुङको सदरमुकाम बेसीँसहरबाट सुरु भई विभिन्न गाउँहरू हुँदै कास्कीको नयाँपुलमा पुगेर समाप्त हुन्छ। मार्गभरि रहेका स्थानीय बस्ती, परम्परागत जीवनशैली तथा अतिथि सत्कारले पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ।

manag (1).png

स्थानीय व्यवसायीहरूले पर्यटकको आगमन बढेसँगै होटल, लज तथा अन्य सेवामूलक व्यवसायमा सकारात्मक प्रभाव परेको बताएका छन्। साथै, पर्यटन क्षेत्रको पुनरुत्थानले स्थानीय अर्थतन्त्र चलायमान बन्ने अपेक्षा गरिएको छ।

सरकार तथा सम्बन्धित निकायहरूले पदमार्गको पूर्वाधार सुधार, सुरक्षा व्यवस्थापन र प्रचारप्रसारमा ध्यान दिनुपर्ने आवश्यकता स्थानीयहरूले औंल्याएका छन्।

तस्बिरः नवीन लामिछाने