Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

आज सुनचाँदीको मूल्य कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको ८ सयले घटेर तोलाको ३ लाख ५ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख १ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले घटेर ५१३० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५१६० मा कारोबार भएको थियो ।