Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न तीन सदस्यीय सिफारिस समिति गठन

सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त्रिको लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहने गरी समिति गठन गरेको सरकारका प्रवक्ता विक्रम तिमिल्सिनाले जानकारी दिए ।