नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सर्वोच्च अदालतको अन्तिम निर्णयसँगै नयाँ मोडमा पुगेको छ। शुक्रबार आएको फैसलापछि निवर्तमान सभापति शेबरहादुर देउवा नेतृत्वको समूह संकटमा परेको छ।
यही बीच उक्त समूहका प्रमुख नेताहरू डा. शेखर कोइराला, डा. शशांक कोइराला र पूर्वउपसभापति धनराज गुरुङ देउवा पक्षबाट अलग भएका छन्।
उनीहरुले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको नेतृत्वलाई मान्यता दिँदै अघि बढ्ने निष्कर्ष निकालेको निवर्तमान उपसभापति धनराज गुरूङले जानकारी दिए ।
अब विशेष महाधिवेशनबारे सम्मानित सर्वोच्च अदालतको फैसला आइसकेपछि नयाँ परिस्थिति उत्पन्न भएको छ । यस परिस्थितिमा अदालतको फैसला स्वीकार गर्दै, पार्टीलाई थप एकताबद्ध बनाउने हामी सबैको कर्तव्य हो । कांग्रेसलाई अब एक बनाउन गगन थापालाई नै सभापति मान्नुको विकल्प छैन, 'पूर्वउपसभापति गुरुङले भने ।
गुरुङले विशेष महाधिवेशनबारे विभिन्न मत भए पनि अब नयाँ परिस्थितिमा सबैले एकता र संगठन सुदृढीकरणतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन्।