Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

तामेलीमा राखिएको जाहेरी जगाएर ‌ओली र लेखकमाथि थालियो अनुसन्धान

गत चैत १४ गते पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान थालिएको छ । 

उनीहरूविरुद्ध जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४२ जनाका परिवारले प्रहरीमा उजुरी दिएकाले अनुसन्धान थालिएको हो । 

हाजिरी जमानीमा छाडिएका ओली र लेखकमाथि जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न बनेको आयोगको सिफारिसका आधारमा तामेलीमा राखिएको जाहेरीलाई पुनः जगाइएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

काठमाडौंका प्रहरी एसपी पवन भट्टराईका अनुसार सातवटा शवको अझै पहिचान भएको छैन र उनीहरूको डीएनए परीक्षणको चरण जारी रहेको छ ।

४२ जाहेरीलाई नै जिल्ला सरकारी वलिक कार्यालय काठमाडौंले असोज २७ गते तामेलीमा राख्ने निणर्य समेत गरेको खुलेको छ ।