नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कानुनी र राजनीतिक लडाईं जारी रहेको बताएका छन् । उनले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण रहेको उल्लेख गरेका हुन् ।
“गत भदौ २३ र २४ गतेको घटनाका सन्दर्भमा गठित आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु,” उनले शुक्रबार बिहान फेसबुकमार्फत लेखेका छन् ।
उनले यस्तो लेखेका छन् ।