राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले श्रम मन्त्रीबाट दीपककुमार साहलाई हटाउन भन्दै प्रधानमन्त्री बालेन शाहलाई पत्र लेखेका छन्।
सभापति लामिछानेले आज प्रधानमन्त्री बालेन शाहलाई सिफारिस पत्र पठाउँदै मन्त्रीबाट साहलाई हटाउन पत्र लेखेका हुन् ।
मन्त्री बनेको १४ दिनमै विभिन्न विवादमा परेपछि प्रधानमन्त्री बालेनले साहलाई पदमुक्त गरेका हुन् ।
साहलाई मन्त्रीमा नियक्ति गरेपछि उनीविरुद्ध एमबीबीएसमा नाम निकाल्दिने भनेर पैसा उठाएको अभियोगमा पक्राउ पुर्जी जारी भएको र उनकी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डको सदस्यमा पुन: सक्रिय गराइएको विषय विवादित बनेका थिए ।
विवाद उठेपछि रास्वपामा पनि मन्त्री साह बारे प्रश्न उठेको थियो । सभापति रवि लामिछानेले मन्त्री शाहको विषयमा प्रश्न उठेको भन्दै उनलाई जिम्मेवारीबाट अलग गर्न प्रधानमन्त्री बालेनलाई पत्र नै लेखेका थिए ।
साथै सभापति लामिछानेले आफ्नो जिम्मेवारीमा गाम्भीर्यता नदिएको भन्दै स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत गराउन समेत पार्टीबाट प्रधानमन्त्रीलाई सिफारिस गरेका थिए ।