Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

चन्द्रागिरीमा एक व्यक्तिलाई लछार-पछार र हातपात गर्ने चार जना पक्राउ

काठमाडौंको चन्द्रागिरि नगरपालिका ८ झम्सिखेल स्थितमा एक मानिसलाई हातपात, लछार पछार गरि हेलमेट समेतले प्रहार गरेको आरोपमा संलग्न ४ जनालाई पक्राउ गरिएको छ 

प्रहरीले सो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त घटनामा संलग्न चार जनालाई तत्कालै नियन्त्रणमा लिइ जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट अभद्र व्यवहार गर्न नहुने कसूरमा दिन ५ को म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जानकारी दिएको छ ।