नेपाल टेलिकमले ब्यालेन्स सकिएपछि डेटा नकाटिने सुविधा दिएको छ । टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः ब्यालेन्स काटिने समस्या समाधानका लागि नयाँ सुविधा ल्याएको हो।
टेलिकमका अनुसार प्रयोगकर्ताले ‘पे एज यू गो’ सेवालाई आफ्नो इच्छाअनुसार सक्रिय वा निष्क्रिय पार्न सक्नेछन्। यो सुविधा प्रयोग गर्न ग्राहकले *४४४# डायल गर्नुपर्ने छ ।
यसरी मिलाउनुहोस् सेटिङ
सुरुमा मोबाइलमा *४४४# थिच्नुहोस्।
त्यसपछि स्क्रिनमा देखिने चौथो नम्बरको विकल्प ‘Enable/Disable PAYG’ छनोट गर्न ४ थिचेर सेन्ड गर्नुहोस्।
त्यहाँ तीनवटा विकल्प देखिनेछन्:
Disable : डेटा प्याकेज सकिएपछि मेन ब्यालेन्सबाट पैसा नकाटियोस् भन्नका लागि १ थिचेर सेन्ड गर्नुहोस्।
Enable : प्याकेज नभए पनि मेन ब्यालेन्सबाटै डेटा चलाउनुपर्ने भएमा २ थिचेर सेन्ड गर्नुहोस्।
Status : आफ्नो मोबाइलमा यो सेवा कुन अवस्थामा छ भनी हेर्न ३ थिचेर सेन्ड गर्नुहोस्।
डिजिटल भुक्तानी वा आकस्मिक समयमा डेटा प्याकेज नभए पनि इन्टरनेट चलाउनुपर्ने अवस्थामा प्रयोगकर्ताले पुनः यो सेवा सक्रिय पार्न सक्ने टेलिकमले जनाएको छ।
टेलिकमले यो सुविधा थप गरेको जानकारी सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले जानकारी दिएका छन् । सामाजिक सञ्जालमार्फत् मन्त्री तिमल्सिनाले टेलिकमले यो सुविधा थप गरेको जानकारी गराएका हुन् ।