Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

महावीरले भने- ओली–लेखकले प्रमुख भएर गोली चलाउने आदेश दिएको होइन भन्न पाइन्छ ?

प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र  पुर्व गृहमन्त्रि रमेश लेखकले जेनजी आन्दोलनका क्रममा गलत गरिएछ भन्ने कुरालाई स्वीकार गर्न सक्नुपर्ने बताएका छन्। मंगलबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पुनले यस्तो बताएका हुन् । 

उनले भने, ‘आज उनीहरूले गोली चलाउने आदेश दिएनन् रे। तर प्रमुख त उनीहरू थिए नि त। अनि थाहा पाइएन भनेर सुख पाइन्छ ? आफू प्रमुख हुँदा आफू मातहतका कसैले गल्ती गर्‍यो, बिरायो भने बिराएछ भनेर भन्न त सक्नु पर्‍यो नि त। 

पुनले ओली र लेखकले भदौ २३ मा भएको घटनामा गोली हान्ने आदेश नदिएको भए पनि सरकारको प्रमुख व्यक्ति भएकाले गल्ती गरिएछ भन्ने स्वीकार गरेर माफी माग्नु पर्ने बताए ।

उनले माफी मागेर सानो नहुने समेत बताएका छन् ।