Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

डीपी अर्यालले गराए सभामुख पदमा मनोनयन दर्ता

रास्वपाका उपसभापति डीपी अर्यालले सभामुख पदमा मनोनयन दर्ता गराएका छन् । उनले सिंहदरबारमा पुगेर शुक्रबार आफ्नो मनोनयन दर्ता गराएका हुन् । 

२७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ सांसद रहेकाले अर्याल सभामुख  बन्ने तय नै रहेको छ । सभामुखको निर्वाचन चैत्र २२ गते हुदैछ । 

सभामुख बन्ने भएसँगै अर्यालले रास्वपाको साधारण सदस्यताबाट समेत राजीनामा गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।