Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

ओली र लेखकलाई थुनामा राख्न दोस्रोपटक म्याद थप्ने

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राख्न दोस्रोपटक म्याद थप्ने तयारी गरिएको छ । पहिलोपटकको म्याद बिहीबार (चैत १९) गते सकिने भएछि दोस्रोपटक म्याद थप्ने तयारी गरिएको हो । 

शनिबार (चैत १४) गते पक्राउ परेका ओली र लेखकलाई प्रहरीले आइतबार पहिलोपटक पाँच दिनको म्याद थप गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार दुवैजनाको म्याद आज थप्ने तयारी भएको हो । 

प्रहरीले लेखकलाई म्याद थपका लागि अदालत पेस गर्ने भएका छन् भने  ओलीलाई उनको स्वास्थ्यावस्थाका कारण भर्चुअल रूपमा उपस्थित गराइने प्रहरीले जनाएको छ।