Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथिको सुनुवाइ सकियो

पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि जारी सुनुवाइ सकिएको छ । 

सो निवेदनमाथिको सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको थियो । गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै लेखकलाई तत्काल रिहाइ गर्न माग गर्दै आइतबार उनकी श्रीमती यशोदा लेखकले बन्दी प्रत्यक्षीकरण रिट दायर भएको थियो। 

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि लेखक पक्राउ परेका थिए ।