Jun 13 2026

Jun 13 2026 | शनिवार, जेठ ३० गते २०८३

फिल्म ‘आ बाट आमा’ सुपर हिट, दोस्रो सिरिज पनि निर्माण हुने

फिल्म ‘आ बाट आमा’ सुपर हिट भएसँगै अब दोस्रो सिरिज निर्माण हुने भएको छ ।

अभिनेता पल शाहको जन्मदिनको अवसर पारेर गत फागुनमा एक पोस्टरमार्फत ‘आ बाट आमा २’ को निर्माण घोषणा गरिएको थियो । अब यसका निर्देशक चन्द्र पन्तले कलाकारहरूसँग सम्झौता गर्न शुरु गरेका छन् । उनले अभिनेता पल र विपना थापासँग एकसाथ लिखित सम्झौता गरेका छन् । 

‘आ बाट आमा’ मा विपना र पल आमा छोराको भूमिकामा थिए । दोस्रो भागमा पनि उनीहरू सोही भूमिकामा हुने बताइएको छ । 

आगामी बैशाखमा छायांकन गरेर दशैंमा रिलिज गर्न लागिएको यस फिल्ममा पल र विपनाबाहेक अन्य कलाकारहरु चयनकै क्रममा रहेको बताइएको छ । फिल्मको पहिलो भागमा सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल लगायतको पनि मुख्य भूमिका थियो । 

५१ दिन मनाएको फिल्म ‘आ बाट आमा’ले बक्स अफिसमा १३ करोड भन्दा बढी कमाई गरेको छ ।