Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकामा जनचेतनामूलक सडक नाटक सम्पन्न (फोटोफिचर)

सर्लाही जिल्लाको पर्सा गाउँपालिका तथा हरिपुर्वा नगरपालिकामा जनचेतनामूलक सडक नाटक सफलतापूर्वक सम्पन्न गरिएको छ।

6c8c294b-db27-402a-be13-1f9d823c42ce.jpg

राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) को सहकार्य तथा वर्ल्ड भिजन इन्टरनेसनल नेपाल (WVI Nepal) को आर्थिक सहयोगमा, पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकाको समन्वयमा सञ्चालित “बालसमृद्धि र एकीकृत विकासका लागि हातेमालो” परियोजना अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो।

626b6eb8-18c1-4869-ace5-6de46e59b977.jpg

कार्यक्रम पर्सा गाउँपालिकाको  तथा हरिपुर्वा नगरपालिकाको बिभिन्न वडाहरुमा नाटकको रुपमा प्रस्तुत गरिएको थियो। नाटकमार्फत शिक्षा, स्वास्थ्य तथा पोषण, मातृत्व तथा नवजात शिशु स्याहार, बालबालिकाप्रति अभिभावकको भूमिका तथा दुर्व्यसन रोकथाम जस्ता महत्वपूर्ण विषयहरूमा स्थानीय समुदायलाई सन्देश प्रवाह गरिएको थियो।

bc1dad1e-60f0-4410-aa55-a7ce5cd756f7.jpg

जसमा हरेक वडामा १००० भन्दा बढी दर्शकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय तथा समुदायका सदस्यहरूको सक्रिय उपस्थिति देखिएको थियो।

3116d78f-8d24-4dd5-96ec-66025166059d.jpg

यस प्रकारका जनचेतनामूलक कार्यक्रमहरूले समुदायमा सकारात्मक व्यवहार परिवर्तन ल्याउन, बालबालिकाको समग्र विकासमा टेवा पुर्‍याउन तथा स्वस्थ, शिक्षित र जिम्मेवार समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

3c1258b0-9931-4acd-8097-1c8ebd0b93c2.jpg

उक्त जानकारी राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) का फिल्ड कर्मचारी राम सुशीलले दिए।

f800ff02-2bd5-425e-9ff1-d9e446c45ed0.jpg