नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । उक्त बैठक भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बोलाइएको हो ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । यसअघि शुक्रबार र आइतबार दुई दिन केन्द्रीय कार्यसमिति बैठक बसेको थियो ।
यधपी भोलि बस्ने बैठकमा निर्वाचनको पूर्ण समीक्षा हुने नेताहरूले बताएका छन् भने सभापति गगन कुमार थापा पनि उपस्थित हुनेछन् ।
निर्वाचनपछि गगन पहिलोपटक बैठकमा सहभागी हुन लागेका हुन् ।