Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा गिरावट आउनेक्रम आज पनि जारी रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ६५ सयले घटेर तोलाको २ लाख ७५ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ८२ हजारयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ११५ रुपैयाँले घटेर ४४२५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४५४० मा कारोबार भएको थियो ।