Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

किन हुँदैछ सवारी साधनमा जोरबिजोर लगाउने चर्चा ?

इरान- अमेरिका द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिएको छ । यसै कारण नेपालमा पेट्रोलियम पदार्थको खपत घटाउन सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने चर्चा चुलिएको‍ हो । 

नेपाल आयल निगमले मूल्यवृद्धिका कारण दैनिक ठुलो घाटा बेहोर्नु परेको भन्दै खपत कम गर्ने उपायबारे विभिन्न निकायसँग छलफल गरिरहेको जनाएको छ । यधपी यातायात व्यवस्था विभागले पनि जोरबिजोर प्रणाली लागू गर्ने बारे एक चरणको छलफल भएको जनाएको छ । 

उक्त द्वन्द्वका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा असर पारेसँगै नेपालमा सम्भावित समस्या आउन नदिन खपत घटाउने विषयमा छलफल भएको विभागका निर्देशक श्रीकान्त यादवले बताए ।

उनले सोही छलफलमा जोरबिजोर प्रणाली लागू गर्नेबारे पनि विचारविमर्श भएको पुष्टि गरे, तर ठोस निर्णय भने भई नसकेको बताए ।

अहिले अन्तर्राष्ट्रिय बजारमा डिजेल प्रतिलिटर ५४ रुपैयाँले बढेर आए पनि निगमले १० रुपैयाँ मात्र मूल्य बढाएको छ ।