Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

१३.५१ अंकले बढ्यो नेप्से, कतिको भयो कारोबार ?

नेप्सेमा वृद्धि भएको छ । आज मंगलबार नेप्से १३.५१ अंकले बढेर २८१२. ३४ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४० कम्पनिका ३ करोड ४८ लाख ५२ हजार ७६० कित्ता शेयर १२ अर्ब ३ करोड ४४ लाख ६ हजार ३२८ मा कारोबार भएको थियो । आज फाइनान्स, होटल्स, जीवन बीमा, माइक्रो फाइनान्स, निर्जीव बीमा, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज रिलायन्स स्मिनिंग मिल्स र सोलु हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सालपा विकास बैंक र होटल फरेस्ट इनको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी एनआइसी एशिया ग्रोथ फण्ड २ को शेयर ४.७४ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबैभन्दा बढी रिढी पावरको ५६ करोड ३७ लाख, अन्खु खोला जलविद्युतको शेयरमा ५१ करोड ७५ लाख बराबरको कारोबार भएको छ भने नेशनल हाइड्रोको ४८ करोड ५ लाखको कारोबार भएको छ ।