Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

कहिले पुनःनिर्माण होला सडक विभागको ऐतिहासिक भवन ?

गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनीपछि क्षतिग्रस्त भएको बबरमलस्थित सडक विभागको ऐतिहासिक भवन पुनःनिर्माण अनिश्चित बनेको छ ।

photo-3_5953762d.png

आन्दोलनका क्रममा, संघीय संसद भवन, सिंहदरवार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, विशेष अदालत, शीतल निवासलगायतका संरचनामा आगजनी भएको थियो ।राणाकालिन ऐतिहासिक र पुरातात्वीक महत्व बोकेका कतिपय भवन पूर्ण रुपमा क्षतविक्षत छन् । तर पुनःनिर्माणको कुनै तयारी भइसकेको छैन् ।

photo-1_f781313f.png

सडक विभागको भवनका सन्दर्भमा सरकारले क्षतिको विवरण संकलन गरेपनि पुनःनिर्माणको अनुमानित लागतको कुनैपनि तथ्यांक निकालि नसकेको विभागका सहायक प्रवक्ता ई.शुभाञ्जन दाहालले जानकारी दिए । विभागको सामान्य काम बाहेक अन्य काम चाकुपाटबाट भइरहेको र अबको ६ महिनाभित्र मीन भवनस्थित नयाँ भवनमा सर्ने उनले जानकारी दिए ।

photo-2_6770f817.png