Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायातको भाडा समायोजन गर्न व्यवसायीको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि पछि सार्वजनिक यातायातको भाडा समायोजन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग माग गरेको छ।

नेपाल आयल निगमले जेठ २ गते रातिदेखि लागू हुने गरी डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्य बढाएको भोलिपल्ट महासंघले विज्ञप्ति जारी गर्दै सरकारसँग यस्तो माग गरेको हो ।

महासंघले एकैपटक यति धेरै मूल्य बढ्दा यातायात व्यवसायी र आम उपभोक्तालाई असर पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महासंघका महासचिव डकनाथ गौतमले जारी गरेको विज्ञप्तिमा सार्वजनिक यातायात पूर्ण रूपमा इन्धनमा निर्भर रहने भएकाले मूल्य घटबढ हुँदा त्यसको प्रत्यक्ष असर व्यवसायमा पर्ने समेत उल्लेख गरिएको छ ।

1fe247d4174ec88e259487947df458e6-1773649797.jpeg