Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

रास्वपाका समानुपातिक सांसदको नाम आयोगबाटै सार्वजनिक हुन्छ : मनिष झा

रास्वपाले समानुपातिक सांसदको नाम सार्वजनिक नगर्ने भएको छ ।

आज बसेको सचिवालय बैठकले समानुपतिक सांसद छनौट गरेको, आजै आयोगमा बुझाउने र निर्वाचन आयोगले स्वीकृत गरेपछि मात्र आयोगबाट सार्वजनिक हुने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

प्रवक्ता झाले बालेन शाहलाई प्रधानमन्त्री बनाउने विषयमा आफुहरु प्रतिबद्ध रहेको बताउदै अन्यथा विश्लेषण नगर्न आग्रह गरेका थिए । 

स्वास्थ्य अवस्थाका कारण बैठकमा अनुपस्थित पार्टी सभापति रवि लामिछाने भर्चुअल तरिकाबाट जोडिएका थिए । 

प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ ५७ सिट जितेको छ ।