Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

ओलीका बुबाको निधनप्रति काँग्रेस सभापति थापाबाट दुख व्यक्त

नेपाली काँग्रेसका सभापति गगन थापाले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत थापाले मोहनप्रसाद ओलीको असमयिक निधनको खबरले आफू मर्माहत भएको बताएका छन् । उनले दिवंगत आत्माको मोक्ष प्राप्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

थापाले यस कठिन घडीमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन्।