प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर-३ की रास्वपा उम्मेदवार सोविता गौतमले आफ्नो चुनावी खर्च विवरण पेश गरेकी छिन् ।
गौतमले निर्वाचन आयोगमा बुधबार निर्वाचनको बेलामा आफूले गरेको खर्च विवरण पेश गरेकी हुन् । गौतमले सामाजिक सञ्जालमार्फत आयोगमा पेश गरेको विवरण सार्वजनिक गरेकी छिन् । उनले ९ लाख ९३ हजार ४५ रुपैयाँ खर्च गरेकी छिन् ।
जस अनुसार, मनोनयन दर्ताका लागि ५ हजार, प्रचार प्रसार सामग्रीका लागि ३ लाख १७ हजार ४ सय, मतदाता प्रशिक्षणका लागि ३० हजार, नमुना मतपत्र र घोषणापत्र छपाइका लागि ७४ हजार २ सय, वडास्तरीय प्रचार प्रसार (१५ दिन) १ लाख, सवारी साधन २ वटा ३ लाख २५ हजार (चालक र इन्धन सहित), स्टेशनरी २३ हजार ४४५ र खाद्यान्न, रासन तथा पानी १ लाख १८ हजारको खर्च भएको उल्लेख गरिएको छ ।