Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

प्रेम खत्रीले बुझाए झन्डै ३० लाख चुनावी खर्चको विवरण

नेपाली काँग्रसका प्रेम खत्रीले आफ्नो चुनाव खर्च जिल्ला निर्वाचन कार्यालय गोरखामा बुझाएका छन् । गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका खत्रीले २९ लाख ८२ हजार ५३०  रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएका छन् । 

उनले प्रचारप्रसार सामाग्री खर्चमा ५ लाख  १४ हजार खर्च गरेका छन् भने मिडिया खर्च २ लाख ६० हजार गरेका छन् । त्यस्तै गरि सभा तथा मतदाता भेटघाट खर्चमा ५ लाख, सवारी साधन भाडा तथा इन्धन खर्च १० लाख, निर्वाचन सम्पर्क कार्यालय सञ्चालन (५९ कार्यलय)  मा ४ ला ९५ हजार ६ सय, सामाग्री ढुवानी खर्च २ लाख ९ हजार ५ सय र अन्य विविध निर्वाचन खर्च ३ हजार ४ सय ३० रुपैया खर्च भएको उल्लेख गरेका छन् ।

गोरखा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुदन गुरुङ २९ हजार ८९६ मत प्राप्त गर्दै विजयी भएका हुन्। साथै  नेपाली काँग्रेसका प्रेमकुमार खत्रीले १५ हजार ३९८ मत प्राप्त गरेका छन्।