Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

रुकुमका जनताको सपनालाई पूरा गर्न जनार्दन शर्माको सुझाव

प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुमका जनताको सपनालाई पूरा गर्न लोकतान्त्रिक मूल्यका आधारमा अगाडि बढ्न नवनिर्वाचित पार्टीका उम्मेद्वारहरुलाई सुझाव दिएका छन् ।

सोमबार सामाजिक सञ्जालमा एक भिडियो सन्देशमार्फत नेकपाबाट विजयी भएका गोपाल शर्मालाई बधाई दिँदै उनले सुशासनयुक्त रुकुम बनाउन र रुकुमका जनताको सपनालाई पुरा गर्न लोकतान्त्रिक मूल्यका आधारमा अगाडि बढ्न सुझाव दिएका हुन् ।

उनले भिडियोमा भनेका छन्, ‘रुकुम पश्चिमको जनताको आवश्यकता पुरा गर्ने, निर्माणाधीन योजनाहरु सम्पन्न गर्ने र गरिब वा बेरोजगारमुक्त, विभेदरहित, सुशासनयुक्त रुकुम बनाउन साथै रुकुमेलीको सपनालाई पुरा गर्न लोकतान्त्रिक मूल्यका आधारमा अगाडि बढ्न सुझाव समेत दिन चाहन्छु ।’

रुकुमलाई सामाजिक न्याय र समानतायुक्त समाज निर्माण गर्न, समृद्ध रुकुम निर्माण गर्न सबै एकताबद्ध भएर योगदान गर्ने विश्वास रहेको बताए ।