Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

बालेनले बुझाए १४ लाख १७ हजार चुनावी खर्चको विवरण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनाव खर्च जिल्ला निर्वाचन कार्यालय झापामा बुझाएका छन् ।

झापा-५ बाट उम्मेदवार बनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका बालेनले निर्वाचनमा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएका छन् ।

बालेनले सवारी साधनमा २ लाख ९३ हजार ८०० खर्च भएको विवरण पेश गरेका छन् भने हवाई खर्च ३५ हजार, वडा स्तरीय घरदैलो गर्दा ५ लाख ८० हजार  खर्च भएको विवरण बुझाएका छन् । त्यस्तै मतदाता प्रशिक्षण कार्यक्रममा खाजा खर्च २८ हजार ९००, नमुन मतपत्र छपाईमा ४८९ हजार ८५०, क्षेत्रीय निर्वाचन कार्यालय संचालनमा एक लाख २० हजार, स्टेसनरी खर्च २२ हजार ८२०, प्रचार प्रसार सामाग्री एक लाख ५७ हजार ४१, ब्यानर र स्टिकरमा एक लाख १९ हजार र मनोनयन दर्तामा १० हजार खर्च भएको उल्लेख गरेका छन् ।