Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

ध्रुवराज राईः स्ववियु सभापतिदेखि पालिका अध्यक्ष हुँदै सांसदसम्म

 भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका–४, नागीमा २०३९ सालमा सामान्य परिवारमा जन्मिएका ध्रुवराज राई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरबाट श्रम संस्कृति पार्टीबाट निर्वाचित भएका छन्।

हुनुभएको छ । नेकपा (एमाले) मा रहेर विद्यार्थी तहबाट नै नेता बन्नुभएका राई भोजपुर बहुमुखी क्याम्पसको दुईपटक स्ववियु सभापति हुँदै टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए। त्रिचालिस वर्षीय राई २०६२/६३ को जनआन्दोलनमा अग्रपङ्क्तिमा उभिए।

विसं २०७४ को स्थानीय निर्वाचनमा राई कांग्रेस, माओवादी र सङ्घीय समाजवादी फोरमको गठबन्धनलाई हराउँदै पालिका अध्यक्षमा विजयी बनेका थिए। सोही समय उहाँले अन्धकारमा रहेको टेम्केमैयुङ गाउँपालिका विद्युत्को पहुँच पुर्‍याउँदै गाउँ नै झिलीमिली बनाएको थियो । स्थानीय तहको २०७९ को निर्वाचनमा भने राई कांग्रेसका सरोज बस्नेतसँग पराजित हुन्।

राई एमाले परित्याग गर्दै हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीमा केही महिना अगाडि मात्र प्रवेश गरेका थिए। सोभन्दा अगाडि राई एमालेको कोशी प्रदेश कमिटी सदस्य हुन्।

एमाले छोडनु भएका राईले सोही पार्टीका केन्द्रीय सचिव शेरधन राईलाई एक हजार ९१३ मतले पछि पार्दै विजयी हासिल गरेका हुन्। उनले १६ हजार ६६३ मत प्राप्त गर्दा एमाले उम्मेदवार राईले १४ हजार ७५० मत प्राप्त गरे।