Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

सप्तरी- ३ बाट उपेन्द्र यादव पराजित, रास्वपाका चौधरी विजयी

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पराजित भएका छन् ।

सप्तरी- ३ बाट उम्मेदवार बनेका यादव रास्वपाका अमरकान्त चौधरीसँग १७ हजार ६३६ मतान्तरले पराजित भएका हुन् । चौधरी ३२ हजार ८७५ मत प्राप्त गर्दै विजयी भए भने यादवले १५ हजार २३९ मत प्राप्त गरेका छन् । 

त्यस्तै यस क्षेत्रमा नेपाली काँग्रेसका दिनेश कुमार यादवले ८ हजार ४२८ मत प्राप्त गरेका छन् ।