Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

सर्लाही-४ मा गगन थापालाई हराउदै रास्वपाबाट अमरेश विजयी

सर्लाही-४ मा रास्वपाका अमरेश कुमार सिंह विजयी भएका छन् ।

सिंहले ३५ हजार ६८८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका सभापति गगन थापाले २२ हजार ८३१ मत प्राप्त गरेका छन् । 

त्यस्तै यस क्षेत्रमा नेकपा एमालेका अम्निश कुमार यादवले ९ हजार ३४३ मत प्राप्त गरेका छन् भने जनमतका राकेश कुमार मिश्रले १५७२ मत प्राप्त गरेका छन् । सर्लाही- ४ मा कुल मतदाता १ लाख २१ हजार १२ रहेकोमा ७७ हजार ९३१ मत खसेको थियो ।