Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

सर्लाही- ४ मा अमरेशको अग्रता कायमै

सर्लाही-४ मा रास्वपाका अमरेश कुमार सिंहले अग्रता कायम राखेका छन् । पछिल्लो मत गणनाको अपडेट अनुसार सिंहले २१ हजार ३७७ मत प्राप्त गरेर अगाडी रहेका छन् भने उनलाई नेपाली काँग्रेसका सभापति गगन थापाले १२ हजार ९९३  मत प्राप्त गर्दै पछाएका छन्  । अमरेशभन्दा गगन हाल ८३८४ मतले पछि रहेका छन्  । 

त्यस्तै नेकपा एमालेका अम्निश कुमार यादवले ५३३३ मत प्राप्त गरेका छन् भने जनमतका राकेश कुमार मिश्रले ११८० मत प्राप्त गरेका छन् ।

सर्लाही- ४ मा कुल मतदाता १ लाख २१ हजार १२ रहेकोमा ७७ हजार ९३१ मत खसेको थियो । यस क्षेत्रमा अहिलेसम्म ४६ हजार २०१ मत गणना भएको छ ।