Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

ललितपुर– ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी

ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्की विजयी भएकी छन् । उनले ४३ हजार ९६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले भने जम्मा ९ हजार ४५ मत प्राप्त गरेका छन् भने नेकपाका राजकाजी महर्जनले ६०२२ मत प्रप्त गरे । 

त्यस्तै नेकपा एमालेका सन्दन थापा मगरले ३२९७ मत ल्या‍उँदा राप्रपाका सबिनकुमार खड्काले २०३७ मत ल्याए ।

यस्तै श्रम संस्कृति पार्टीका ऋतुवर्तन राई १४७२ मत ल्याए भने उज्यालो नेपाल पार्टीका विजय पन्तले १३२० मत ल्याएका छन् ।