Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

रेनु दाहाललाई पछि पार्दै सोविता गौतमको शानदार जित

चितवन-३ राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम अहिसम्मकै सर्वाधिक मतका साथ विजेता भएकी छन् । गौतम ५९ हजार २ सय ७७ मतका साथ विजयी भएकी हुन् ।

नेकपाकी उम्मेदवार रेनु दाहालले २० हजार ६ सय १५ मत ल्याउँदा गौतम ३८ हजार ६ सय ६२ मतान्तर सहित निर्वाचित भइन् । नेपाली कांग्रेसका टेकप्रसाद गुरुङ ८ हजार ३ सय ४४ मतका साथ तेस्रो भए भने नेकपा एमालेका शंकरराज थपलिया ५ हजार ४ मत ल्याएका छन् ।

गुरुङ र थपलिया दुबैको जमानत जफत भएको छ ।