Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

बझाङबाट एमालेका ऐनबहादुर महर विजयी

बझाङबाट नेकपा एमालेका ऐनबहादुर महर विजयी भएका छन् ।

महरले १८ हजार ५४३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत प्राप्त गरेका थिए ।

त्यस्तै यस जिल्लामा नेकपामा मीन बहादुर कुँवरले ९ हजार ७५७ र रास्वपाका शैलेश कुमार सिंहले ९ हजार २६३ मत प्राप्त गरेका थिए ।