पर्सा क्षेत्र नम्बर-१ बाट रास्वपाका उम्मेदवार बुद्धि प्रसाद पन्त (हरि पन्त) विजयी भएका छन् ।
रास्वपा उम्मेदवार पन्तले एमालेका प्रदीप यादवलाई १४ हजार भन्दा बढी मतले पछि पार्दै विजयी भएका हुन । उनले २७ हजार २ सय ७४ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उनको निकटम प्रतिद्वन्द्वी प्रदीप यादवले भने १३ हजार ३० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।