Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

बाँके-२ बाट एमालेले खोल्यो खाता

बाँके क्षेत्र न.२ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्त्यिाक राई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले २४ हजार ६१६ मत प्राप्त गरेर एमालेको खाता खोलेका हुन् ।

उनका निकटतम प्रतिष्पर्धि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विवेककुमार श्रेष्ठले १८ हजार ५८० मत प्राप्त गरे भने नेपाली कांग्रेसका सुधांशु कोइरालाले १७ हजार ५८५ मत प्राप्त गरे ।